Bagmati Samachar Logo

तेस्रो धारलाई ब्यङग्य गदै ओलीले भने राजनीतिक प्रस्तावमा विगतको मूल्याङकन हुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पार्टीमा विगतको मूल्याङन पनि हुने बताएका छन् । उनले केन्द्रीय कमिटीमा उठेका प्रश्नको जवाफ दिदै उक्त कुरा बताएका हुन । उनको भनाइको आसय १० जना भाइका कारण आफ्नो सरकार ढलेकाले वितगको मूल्याङकन हुने बताएका हुन ।

ओलीले १० भाइका कारण आफूले सरकारबाट बाहिरीनु परेको भन्दै घुमाउरो भाषामा विघगतको कामको मूल्याङकन हुने बताएका हुन । उनले भने ‘राजनीतिक प्रतिवेदन गरेका कामको फेरहस्ती हो । यो गन्तब्यमा पुग्ने बाटो हो । विघतको मूल्याङकन हुन्छ , अहिलेको अवस्था र भविश्यको कार्यदेश के हुन्छ र भविश्यमा जानको लागि दिशाबोध हुन्छ ।’

ओलीले अहिले केन्द्रको सरकारबाट बाहिरीएपनि स्थानीय तहका सरकारमा रहेकाले आत्तिनु नपर्ने बताएका छन् । उनले भने ‘हामी केन्द्रको सरकारबाट हटेपनि राम्रा काम गरेका छौ । चुनवामा जानबाट डराउनु पदैन । जनताको पक्षमा काम नगरेकाले त चुनावमा जान हिक्मत गरेका छन् । हामीले असाधारण काम गरेका छौ । यीनै काम लिएर चुनावमा जाऔ ।’

समाजवादमा जाने भनेको समृद्ध नेपाल र सुखि नेपाली हो । यसमा प्रतिव्यक्ति आयमामात्र नापिनु हुदैन । जनताको जीवनमा परिवर्तनमा हुनुपर्ने ओलीले बताएका छन् । उनले भने ‘ समाजवाद भनेको जनता सुखि हुनु हो । नकि प्रतिव्यक्ति आयमा नापेर हुन्छ ।’

उनले दलाल पुँजीपति वर्गलाई निरुत्साहित गरेर राष्ट्रिय पुँजीपति वर्गलाई माथि उठाउनु पर्ने कुरामा जोड दिएका छन् । अहिले नेपालमाले अरुका सामान किनेर ल्याउने र बेच्ने काम गरेको बताए । उनले भने ‘हामीसंग उत्पादन गर्ने उद्योग छैनन् । अरुले बनाएका सामान ल्याएर काम चलाई रहेका छौ । हामी अहिले बेसा गरेर जिवीको पार्जन गरीरहेका छौ । उत्पादन गरीरहेका छैनौ ।’
एमालेको विधान महाधिवेशन भन्दा पहिला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बसेका छन् । आज तीन दिन देखि जारी केन्द्रीय कमिटी बैठक ओलीको जवाफसंगै सकिएको छ । १५देखि १७ गतेसम्म एमालेको विधान महाधिवेशन हुदै छ ।