Bagmati Samachar Logo

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सर्यो

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रन्तिकारीले समय नपुगेको भन्दै राष्ट्रिय सम्मेलन सार्ने तयारी गरेको छ । आइतबार विहान केन्द्रीय कार्यालयको बैठकले तयारीको समय नपुगेको भन्दै सम्मेलन सार्ने प्रस्ताव गरेको उपाध्यक्ष पञ्चा सिंहले बताइन ।

असोज ८, ९ र १० सम्मेलन गर्ने तय भएको थियो । तर समय अभावका कारण सम्मेलन असोज १४, १५ र १६ गते सार्ने प्रस्ताव आएको र भोलीसम्म निर्णय हुने सिंहलेब ताइन । अखिल क्रान्तिकारीले २२औं राष्ट्रिय सम्मेलन काण्माडौंमा गदै छ । अब सम्मेलनको उद्घाटन असोज १४ गते प्रज्ञा प्रतिष्ठानमा हुने छ भने बन्द सत्र त्रिभुवन विश्वविद्यालयको अडोटोरियम हल कीर्तिपुरमा हुने छ । यहि सम्मेलनबाट क्रान्तिकारीले नयाँ नेतृत्व चयन गर्ने छ ।
राष्ट्रिय सम्मेलन भन्दा पहिला अखिल क्रान्तिकारीले जिल्ला सम्मेलन र प्रदेश सम्मेलन गदै छ । तर जिल्ला र प्रदेश सम्मेलन समयमा नसक्दा राष्ट्रिय सम्मेलन सार्नु परेको बताइएको छ ।

नेतृत्वका लागि ६ जनाबीच दाबेदार रहेका छन्। जसमा सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दीपक देवकोटा, उत्तम अधिकारी, तिलकराज भण्डारी र विजय गौतम छन्। अधिकारी महासचिव हुन भने अरु सबै उपाध्यक्ष हुन ।

महासचिवका लागि दिपेश पुन लगायत नेताहरुले दाबी गरेका छन् । यो पटक अखिल क्रान्तिकारीले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने बताइएको छ ।