Bagmati Samachar Logo

सरकारले पदक दिएका व्यक्तिप्रति ओलीको ब्यङग्यः श्रीमतिको ,बाउको मुख हेर्ने दिन हो र ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सरकारले वितरण गरेका पदक पाउनेका नामप्रति ब्यङग्य गरेका छन् । आइतबार संविधान दिवसका अवसरमा सरकारले पदक पाउनेको नाम सार्वजनिक गरेको छ । ओलीले ती नाम प्रति ब्यङग्य गदै पदकहरूले नै लाज मानिरहेको बताएका छन् ।

ओलीले संविधान दिवसको दिन सपना साकार भएकोमा सहिदका घरपरिवारले गर्व गर्नुपर्ने हो, घाइतेहरुले सम्मानीत हुनु पर्ने हो तर यहाँ नेताका आफन्तहरुले पदक पाएको भन्दै आक्रोश व्यक्त गरे ।
ओलीले पदकको वितरण गर्ने नाममा विभुषहरुको नाकमा नै कालो पोतेको आरोप लगाए । उनले भने ‘आज बाउको मुख हेर्ने दिन हो ? श्रीमतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो श्र कस्तो लालसा श्र कस्तो भोक ? भाषण गर्दा म अरु जस्तो पदलोलुप छैन, नातावादी कृपावादी छैन् । म जनताका लागि भनेर भाषण गर्ने तर मौका पाउँदा हेर्नुस त अलंकार, पदक, विभूषणहरूको नाकमा कालो पोतेको । ति विभूषणले लज्जा मानेको हेर्नुस त ।’

उनले पदक घोषणा गरिएका पत्रकार तथा कानुन व्यवसायीहरुको समेत आलोचना गरेका छन् । तर पदक पाउने पाँच जना पत्रकारले भने आफू पदक नलिने घोषणा गरेका छन् ।