Bagmati Samachar Logo

नेकपा एकीकृत समाजवादीका ६ प्रदेशमा को बन्दै छन् संसदीय दलको नेता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) का ६ वटै प्रदेशका प्रदेश सभा सदस्यहरुले दलको मान्यता पाएको छ । ९ भदौमा नेकपा एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको थियो ।

नेकपा एकीकृत समाजवादीले संघीय संसदमा संसदीय दलको मान्यता केहि दिन पहिला पाएको थियो । जसमा संघीय संसदमा संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल बनेका छन् । राष्ट्रिय सभामा दलको नेता बेदुराम भुसाल बनेका छन् ।

प्रदेश समा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले २२ गते भदौसम्म दल रोज्न पाउने समय तोकेको थियो । २२ गते दल रोजि सकेपछि प्रदेशसभा सदस्यहरुले शुक्रवारदेखि नयाँ दलको मान्यता पाएका छन् । अब नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सचिवालयले उनीहरुलाई अलग संसदीय दलको मान्यता दिएको छ । मान्यता पाएसंगै दलको नेता चुनिने छन् ।

नेकपा (एकीकृत समाजवादी)का ६ वटै प्रदेश सभामा एक दुई दिनमा नै नै दलका नेता चुनिने छन् । ७ प्रदेश सभा मध्ये गण्डकी प्रदेश सभामा नेकपा एसको एक जना पनि प्रदेश सभा सदस्य छैन ।

प्रदेश नं.१ मा नेकपा एमाले छोडेर १० जना सांसदले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी रोजेका छन् । १० जना प्रदेश सभा सांसदमा दलको नेतामा दलको नेतामा राजेन्द्र राईलाई सर्वसम्मत रुपमै चयन तयारी रहेको बताइएको छ ।

राई अनेरास्ववियुका पूर्व अध्यक्ष समेत हुन । नेकपा एसका प्रदेश नं.१ का सिनियर नेता हुन् । दलको नेतामा चयन भएपछि प्रदेश १का मुख्यमन्त्री भीमार्जुन आचार्यका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा गठबन्धन लागेको छ । राई मुख्यमन्त्री बन्ने छन्

प्रदेश नं.२ मा नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादी रोज्ने १३ जना प्रदेश सभा सांसद छन् । दलको नेता यसअघि पनि सत्रुघन महतो रहेकाले उनले नै निरन्तरता पाउने बताईएको छ ।

बागगमतीमा नेकपा एमाले छोडेर १३ जना प्रदेश सभा सांसदे नेकपा एकीकृत समाजवादी रोजेका छन् । बागमतिमा पनि संसदीय दलको नेतामा राजेन्द्र पाण्डे सर्वसम्म चुनिने बताइएको छ । बागमतिमा दलको नेता चुनिएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गठबन्धनले गरेको छ । गठबन्धनको सरकार बन्दा पाण्डे मुख्यमन्त्री बन्ने तयारीमा रहेका छन् ।

लुम्बिनी प्रदेश सभामा एमाले छोड्नेमा एक जनामात्र प्रदेश सांसद रहेकी छिन् । प्रदेश सभा सांससद रमा घर्ती स्वतः दलको नेता हुनेछिन् ।

कर्णाली प्रदेशमा नेकपा एमाले छोडेर तीन जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका छन् । तीन जना प्रदेश सभा सांसदलाई पहिला नै कारवाहि गरीसकेको छ । अब तीन जनामात्र प्रदेश सभा सांसद रहेका छन् । कर्णाली प्रदेश सभामा चन्द्रवहादुर शाही नेकपा एकीकृत समाजवादीका संसदीय दलको नेता बन्ने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा एमाले छोडेर १४ जना प्रदेश सभा सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । सुदुरपश्चिममा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ ।
यहाँ ठूलो दल भएकाले दलको नेता चयनमा भने सर्वसम्मत हुने देखिन्छ । भरखर बनेको पार्टी त्यसैमा ठूलो दल भएकाले पनि सर्वसम्मत रुपमा दलको नेता छान्ने बताइन्छ ।

दलको नेताका लागि तारा लामा तामाङ दलको नेतामा सर्वसम्मत हुने बताइएको छ । तामाङले ठूलो दल बनाउन भूमिका पनि खेलेकाले र दिर्घ सोडारी मन्त्री भएकाले दलको नेता पाउने बताइन्छ । उनी २०७५ साल २ जेठसम्म एमालेको कञ्चनपुर जिल्ला अध्यक्ष थिए ।