नेकपा एकीकृत समाजवादीमा जान पाउँ भन्दै एमालेका दुई सांसद सर्वोच्चमा
काठमाडौं । नेकपा एमालेका दुई जना संघीय सांसदले नेकपा एकीकृत समाजवादीमा रोज्न पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले रिट दायर गरेका छन् ।
दल विभाजनको बेला शुरूमा निवेदनमा हस्ताक्षर नगरेका पाण्डे र भट्ट सनाखतको बेला निर्वाचन आयोग गएका थिए । तर, आयोगले उनीहरूको सनाखत नलिइ निर्णयमा भने उनीहरूको निवेदनलाई नोटिसमा राखेको थियो ।
रिट निवेदनमा पाण्डे र भट्टले आफूहरूले नेकपा एसमा सनाखत गर्न खोज्दा आयोगले नदिएको भन्दै आफूहरूको विवरण नेकपा एसमा अद्यावधिक गराउन आदेश माग गरेका छन् ।
पाण्डे नेकपा एसका अध्यक्ष माधव नेपालका सम्धी हुन् । उनी अन्तिम घडीसम्म एमाले एकताको पक्षमा लागेका थिए ।
प्रतिक्रिया दिनुहोस्: