एमालेको अवरोधका बीच दलसम्बन्धी अध्यादेश २०७८ पेश
काठमाडौं । प्रमुख प्रतिपक्षीको अवरोधका बाबजुत प्रतिनिधिसभाको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ पेश भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको तेश्रो बैठकमा एमाले सांसदको अवरोधका बाबजुत सभामुख अग्नी सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ पेश गर्न समय दिएका थिए । लगतै गृहमन्त्री खाँणले उक्त अध्यादेश बैठकमा टेबल गरेका थिए ।
संसद अधिवेशनको पहिलो बैठक सुरु हुने वित्तकै नेकपा एमालेले संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै बैठक रोष्ट्रम घेराउ गरेर अवरुद्ध गरेको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेट स्थगित गरेर दोश्रो पटक बैठक चलाउने प्रयास गरेपनि फेरी अवरोध भएपछि १५ मिनेटका लागि स्थगित भएको थियो ।
सभामुखले कार्यसूची अघि बढाउदा एमाले सांसदहरु रोष्टम घेराउ गर्न पुगेका थिए । अध्यादेश टेबल भएपछि सभामुख सापकोटाले अको बैठक भाद्र २५ गते बस्ने गरि स्थगीत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: