गृह मन्त्रालयको विज्ञप्ति सच्याउन पत्रकार महासंघको माग

काठमाडौँ । नेपाल पत्रकार महासंघले गृह मन्त्रालयद्वारा जारी पछिल्ला दुई विज्ञप्ति तत्काल सच्याउन माग गरेको छ । मन्त्रालयले जारीलगरेका दुई विज्ञप्ती प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सच्याउन माग गरेको छ ।
महासचिव रोसन पुरीले मंगलबार विज्ञप्ति जारी गर्दै २०७८ भदौ १८ र २० गतेको विज्ञप्ति संविधानप्रदत्त अधिकारलाई कुण्ठित बनाउने तथा नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने अधिकारलाई नियन्त्रण गर्ने नियत रहेकोले तत्काल सच्याउन माग गरेका हुन् ।
मित्र राष्ट्रको बहानामा सरकारले संविधानले दिएको अधिकार र स्वतन्त्रता खोस्न खोजेको भन्दै नेपाली सञ्चारमाध्यम गम्भीर बनेको पनि जनाइएको छ ।
मित्र राष्ट्रसँगको सम्बन्धको बहानामा सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको कुरामा महासंघ प्रस्ट छ ।
मित्र राष्ट्रसँगको सम्बन्धको विषयमा के लेख्ने र के नलेख्ने भन्ने कुरामा नेपाली प्रेस गम्भीर छ विज्ञप्तिमा लेखिएको छ,महासंघ संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
प्रतिक्रिया दिनुहोस्: