वामदेव गौतमले दिए एमालेबाट राजीनामा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएको बताएका छन् ।
९ भदौम एमाले विभाजन भएको छ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) बनेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बनेका छन् । गौतम अहिलेसम्म नेपाल नेतृत्वको पार्टीमा पनि गएका छैनन् ।
गौतम एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । माओवादी एमाले एकता पछि पनि सचिवालय सदस्य थिए ।
सर्वोच्च अदालतले एमाले र माओवादी ब्युताएपछि पनि उनी नेकपा एमालेमा फर्केका थिएनन् । उनी एकता अभियान चलाइरहेका थिए । तर उनी दुई पटक एमालेको केन्द्रीय कमिटीको बैठकमा गएका थिए ।
गौतमले आज पार्टी कार्यलयमा नै गएर राजिनामा दिएका हुन । गौतमले एमाले अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताएका छन् । उनले आरोप लगाएका छन् ‘तपाईं नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित कार्यदिशालाई कहिल्यै पनि अवलम्बन गर्नुभएन । नेपालको संविधान २०७२ जारी भएपछि पहिलो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको साझा घोषणापत्रलाई तपाई प्रधानमन्त्री भएपछि आफ्नो कार्यकाल भरी त्यसलाई लागु गर्नुभएन ।
उनले ओलीका कतिपय कामहरूलाई पटक पटक सर्वोच्चका संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईंले आफूलाई सुधार गर्न नसकेको बताएका छन्
प्रतिक्रिया दिनुहोस्: