नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेता माधव नेपाल बन्दै
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्दैछ । बिहान ११ बजेका लागि दलको बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने सांसद मेटमणी चौधरीले बताए ।
संसदीय दलको बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ । दल दर्ता भएपछि पहिलो बैठक बसेर दलको नेता, प्रमुख सचेतक र सचेकत चयन हुने छन् ।
९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि उक्त पार्टीले संसदीय दलको पनि मान्यता पाएको छ । उक्त दलल सत्ता गठबन्धनको प्रमुख घटक पनि हो । एकीकृत समाजवादी सरकारमा सहभागी हुनु भन्दा पहिला दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने छ । छिटै दल सरकारमा सहभागी हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: