हाम्रो पार्टीमा कसैका फोटोहरु प्रदर्शन गरेर आरती उतारिनेछैनः नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले आफुले नेतृत्व गरेको पार्टी पुरानै तरिकाले नचल्ने बताएका छन् । बुधबार निर्वाचन आयोगबाट पार्टी दर्ता भएको प्रमाणपत्रको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा उनले एमालेमा केपी शर्मा ओलीले स्थापित गरेको परिपाटीभन्दा आफ्नो नेतृत्वको पार्टी फरक हुने बताए ।
उनले भने ‘यो कुसंस्कारीहरुको झुन्ड हुनेछैन। यो एउटा नेताको प्रशंसामा जम्मा भएको भजनमण्डली पनि हुनेछैन। कसैका फोटाहरु पनि प्रदर्शन गरिनेछैन। अनि त्यो फोटोका सामु आरती उतार्ने काम कसैले गर्ने छैन ।’
मार्क्सवाद र लेनिनवादी , समाजवाद, देश र जनताप्रति समर्पित, क्रान्तिकारी आदर्शवादी , उच्च नैतिकताबाट ओतप्रोत भएका असल आचरणयुक्त कार्यकर्ताहरुको पार्टी हुने दाबी गरे । उनले भने ‘यो जनआधारतित कार्यकर्ताको पार्टी हुनेछ । यहाँ आर्दश मूल्यमान्यता , माक्र्सवाद र लेनिनवादप्रति समर्पित पार्टी हुने छ । यहाँ कसैका फोटाको आरती उतारीने छैन ।’
प्रतिक्रिया दिनुहोस्: