Bagmati Samachar Logo

१ नं. प्रदेश सभामा एमाले अल्पमतमा परेपछि भीम आचार्यलाई मुख्यमन्त्री बनायो

काठमाडौं । प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका छन्। बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो। पहिलो पटक भने राइले नै संसदीय दलको नेतामा पराजित गरेका थिए ।
तर एमाले विभाजन भएर राई मुख्यमन्त्रीमा अल्पमतमा परेपछि आचार्यलाई ससदीय दलको नेता र आजै मुख्यमन्त्री बनाउने खेलमा लागेका हुन ।
राईले मुख्यमन्त्री पदबाट राजीनामा दिइसकेका छन् । आचार्यलाई आजै मुख्यमन्त्री बनाउने र प्रदेश प्रमुखले शपथ खुवाउने छन् ।

यस्तै मुख्यमन्त्रीबाट शेरधन राईले राजीनामा दिएका छन्। उनले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन्।

प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये अहिले ९२ जना सांसद छन् । प्रदेशसभामा एमाले एक हुदा मात्र ५१ सांसद थिए । जसमध्ये एक जना सभामुख छन्।

‘एमाले विभाजनपछि प्रदेश १ को संसदीय दलको बैठक पहिलो पटक बसेको हो । यो भन्दा पहिला आचार्य माधव कुमार नेपाल पक्षमा थिए । जब उनले नेपालकको साथ छोडे त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री बनाउन थालेका हुन । जसको आयु ३० दिने हुने बताइन्छ । ३० दिनभित्र विश्वासको मत लिनु पर्छ तर एमाले विभाजन पछि आचार्यले विश्वासको मत पाउने अवस्था प्रदेश नं.१ मा नभएको बताइन्छ ।

माधव नेपाल पक्षका आचार्यसँगै बलबहादुर साम्सोहाङ, होमकुमारी सावा, जीवन घिमिरे, लक्ष्मण तिवारी, लिलाबल्लब अधिकारी, यसोधा अधिकारी र साबित्री जोशी एमालेमै खुलेका छन्।