Bagmati Samachar Logo

दिल्लीबाटै गरे झलनाथले नयाँ पार्टी दर्ताका लागि सनाखत

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि झलनाथ खनालले भारतको राजधानी नयाँदिल्लीबाटै सनाखत गरेका छन्। एमाले विभाजन भएर बनेको नयाँ दल एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा भारतबाट सनाखत गरेका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता लागि निर्वाचन आयोगले बुधबार सनाखत गर्न बोलाएको थियो।

नेकपा एकीकृत समाजवादीका नेताहरू निर्वाचन आयोग पुगेर सनाखत गरे पनि नयाँदिल्लीमा उपचार गराइरहेका खनालले उतैबाट सनाखत गरेका हुन्।

खनालको सनाखत दिल्लीबाट भएको नेता जगनाथ खतिवडाले जानकारी दिए।