Bagmati Samachar Logo

निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादीका ५५ केन्द्रीय सदस्य र ३३ सांसदको सनाखत

काठमाडौं । निर्वाचन आयोगमा प्रस्तावित नेकपा एकीकृत समाजवादीको नयाँ दल दर्ताका लागि ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसदले सनाखत गरेका छन् । नयाँ दल दर्ताका लागि ४ भदौमा निवेदन दिएका माधवकुमार नेपाल पक्षले आज आयोगमा गएर सनाखत गरेका हुन । जसमा ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसद रहेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीको सनाखत सकिएको छ । तर २ बजेसम्म समय दिइएकाले त्यसबेलासम्म पर्खिने योजना निर्वाचन अयोगको रहेकोछ ।

निर्वाचन आयोगले सनाखत सकेर आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।