ओलीले घर न घाटको बनाउने भएपछि पार्टी खोलेका हौंः माधव नेपाल
काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुहरुलाई घर न घाटको बनाउने योजना बनाएपछि नयाँ पार्टी खोलेको बताएका छन्र ।
न्द्रागिरी रिसोर्टमा मंगलबार बसेको प्रस्तावित केन्द्रीय कमिटी बैठक पछि पत्रकार सम्मेलनमा बोल्दै नेपालले उक्त कुरा बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपालले आफूहरूलाई पार्टीबाट निष्कासन गरिएपछि बाध्य भएर नयाँ पार्टी गठन गर्नु परेको दाबी गरेका छन् ।
उनले एमाले विभाजन हुनुमा अध्यक्ष केपी शर्मा ओली मुख्य जिम्मेवार भएको बताएका आरोप लगाए । उनले भने ‘ओलीकै कारण एमाले पार्टी विभाजन भएको हो । ओलीले राजनीतिक र वैचारिक रुपमा समेत पार्टी एकलौटी गर्न थालेपछि नेकपा एकिकृत (समाजवादी) गठन गर्न बाध्य भएका हौँ ।’
पत्रकार सम्मेलनमा नेपालले आफूहरूसँग केन्द्रीय कमिटी र संसद दुबैमा २० प्रतिशत भन्दा बढी सदस्य रहेको दाबी गरेका छन्।
ओलीले पार्टी कम्युनिस्ट होइन आफुलाई बा नभन्ने जति सबैलाई सत्रु र विरोधी भन्नुभयो। पार्टीलाई निजी कम्पनीको रूपमा बदल्नु भयो ।
प्रतिक्रिया दिनुहोस्: