अष्टलक्ष्मी मेरै योजनामा मुख्यमन्त्री बन्नुभएको होः माधव नेपाल
काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अष्टलक्ष्मी शाक्य आफ्नै योजनामा मुख्यमन्त्री बनेको खुलासा गरेका छन् ।
चन्द्रागिरी रिसोर्टमा मंगलबार बसेको प्रस्तावित केन्द्रीय कमिटी बैठक पछि पत्रकार सम्मेलनमा बोल्दै नेपालले शाक्य आफ्नैं योजनामा मुख्यमन्त्री बनेको खुलासा गरेका छन् ।
केहि दिन पहिला बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी हुन । तर उनको सरकार कति दिन चल्छ भनेर अहिले नै अड्कल लगाउन थालिएको छ । प्रदेश सभामा एमालेका सांसदहरु अब विभाजित हुने देखिनछन् । बहुमत एमालेमा बसेपनि केहि सांसदहरु नेकपा एकीकृत समाजवादीमा सहभागी हुने छन् । यस्तो अवस्थामा शाक्यको मुख्यमन्त्रीको पद धराममा पर्ने छ । उनले २१ दिन नेकपा एकीकृत माजवादी रोजे गठबन्धबाट मुख्यमन्त्री बन्ने छन् । होइन भने उनको पद २१ दिन पछि जाने देखिन्छ ।
नेपालले भने ‘अष्टलक्ष्मी शाक्य मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो। तर उहाँ पनि अफ्ठ्यारोमा हुनुहुन्छ । पार्टी दर्ता भएको २१ दिन भित्र उहाहरूलाई पार्टी रोज्ने अधिकार हुन्छ। त्यो समय भित्र कता रोज्नुहुन्छ। उहाँमाथि भर पर्नुपर्ने कुरा हो। तर अहिले मेरो अनुमतिबाट नै मुख्यमन्त्री बन्न जानुभएको हो।’
प्रतिक्रिया दिनुहोस्: