Bagmati Samachar Logo

अन्तिममा नेपाललाई धोका दिने स्थायी कमिटी सदस्यहरुको दुबै पक्ष सच्चिनु पर्ने माग

काठमाडौं । नयाँ पार्टी दर्ता गर्ने समयमा माधवकुमार नेपाललाई धोका दिएका स्थायी कमिटी सदस्यहरुले दुबै पक्ष सच्चिनु पर्ने माग गरेका छन् । बिहीबार कुनै पक्षमा नलागेका स्थायी कमिटी सदस्यहरुको बैठक बसेर उक्त माग गरेका हुन । बिहीबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले १४ जना सांसदलाई गरेको कारवाहि सच्याउनु पर्ने र माधवकुमार नेपालले पार्टी गठन गर्ने कुराबाट पछि हट्नु पर्ने सहभागी एक नेताले बताए । ती सदस्यले भने ‘अध्यक्षले आफुले १४ जना सांसदलाई गरेको कारवाहि फिर्ता लिनु पर्छ भने नेपालले पनि नयाँ पार्टी गठन गर्ने प्रक्रिया रोक्नु पर्छ । अनि १० बुँदे अनुसार अगाडि बढ्नु पर्छ ।’

बैठकमा एमाले उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल,सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई , स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरा सहभागी भएको बताइएको छ ।