Bagmati Samachar Logo

माधव नेपाल छाड्ने बित्तिकै शाक्यबनीन वागमति प्रदेशको मुख्यमन्त्री

काठमाडौं । वागमति प्रदेशमा अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्री बनेकी छन् । शाक्यले आजै शपथग्रहरण गरेको छ । मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले बहुमतप्राप्त पार्टीको संसदीय दलका नेताका रुपमा शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

शाक्यले सपथ ग्रहण लगत्तै दुई मन्त्री नियुक्त गरेकी छन् । उनले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरेकी हुन् । खनालको नेपाल नेतृत्को नेकपा एमाले समाजवादीका केन्द्रीय कमिटी सदस्यमा पनि नाम थियो । मन्त्री पाएपछि आफू उक्त पार्टीमा नरहेको उनले बताएका छन् ।
नेपाल पक्ष छाडेपछि शाक्य र खनालले मुख्यमन्त्री र मन्त्री पाएका हुन ।