मुख्यमन्त्री पाएपछि शाक्य लागिन् ओली पक्षमा
काठमाडौं । नेकपा एमालेमा विभाजन आएसंगै बागमति प्रदेशमा अष्टलक्ष्मी शाक्य बागमति प्रदेश सभाको संसदीय दलको नेता बनेकि छन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेताबाट राजीनामा दिएको र नयाँ नेतामा शाक्य मनोनित भएको एमाले प्रदेश सभा सदस्य रचना खडकाले बताइन । उनले भनिन् ‘हामीले नेकपा एमाले बचाउन नयाँ मुख्यमन्त्री बनाउन लागेका हौ । हामी सिङगो एमाले चाहन्छौ । अहिले हामी कुनै पक्ष विपक्षमा छैनौ ।’
शाक्यको मुख्यमन्त्रीमा शपथ बिहीबार हुने बताइएको छ ।
बागमति प्रदेश सभामा अहिले माधवकुमार नेपाल पक्षमा खासै कुनै खुलेको देखिदैनन् ।
प्रतिक्रिया दिनुहोस्: