राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हिजो मन्त्रिपरिषदबाट निर्णय गरेर राजनीतिक दल विभाजन गर्न संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत संख्या पुर्याए पुग्ने व्यवस्थासहितको अध्यादेश ल्याउन सिफारिस गरेको थियो ।
जसका लागि आईतबार राति चालु संसद अधिवेशन अन्त्य गरिएको थियो । अध्यादेश आएसँगै नेकपा एमाले औपचारिक रुपमा विभाजन हुने र माधवकुमार नेपालसहितले नयाँ दल दर्ता गर्ने संवैधानिक बाटो खुलेको छ भने उनीहरु केही दिन भित्रै सरकारमा पनि सहभागि हुने पक्का भएको छ ।
प्रतिक्रिया दिनुहोस्: