भीम रावलद्वारा सांसद पदबाट राजीनामा दिएको घोषणा

काठमाडौंं । नेकपा एमालेका सांसद् भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत थिए । रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । सभामुख समक्ष आफ्नो राजीनामा बुझाउन नेता रावल संघीय संसद् भवनमा पुगेका छन् । रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद हुन् ।
आइतबार बिहान कार्यदलका सदस्यहरुले विश्वासको मत दिनेबारे पार्टीबाट संस्थागत निर्णय गराउन गरेको प्रस्ताव नेता नेपालले अस्वीकार गरेका थिए । रावल यसबाट असन्तुष्ट रहेको बताइएको छ । माधव पक्षका अन्य सांसदहरुले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेका छन् । देउवाले आजै विश्वासको मत लिँदै छन् ।
प्रतिक्रिया दिनुहोस्: