सोमालियाली सेनाको कारबाहीमा परी ६ आतङ्ककारी मारिए
मोगादिसु । १७ मंसिर । सोमालियाको मारा आद्दे क्षेत्रमा सोमालिया राष्ट्रिय सेनाले गरेको कारबाहीमा परी अल शबाबमा छ जना लडाकू मारिएका सेनाका कमाण्डरले बुधबार पुष्टि गरेका छन् ।
अल शबाबका लडाकू समूह जबरजस्ती अति बढी कर उठाएको आतंकको विरोध अभियान सुरु भएपछि ती लडाकहरुको विरोधमा सैनिक कारबाही शुरु भएको सोमालिया डिभिजनका कमान्डर मोहम्मद ताहिल बिहीबारएका छन् ।
सेनाले ती लडाकू समूह लुक्ने ठाउँलक्षित गरी शुरु गरेको कारबाहीको क्रममा सेना र आतंककारीबीचको भएको भीषण झडपमा परी छ जना अल शबाबका लडाकू मारिएका ताहिल बताएका छन् । सेनाले तीन जना अल शबाब लडाकूहरूलाई पक्राउ गर्नुको साथै उनीहरूले प्रयोग गरेका अखाडाहरूलाई ध्वस्त पारेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: