Swornakshar Logo

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदद्वारा राजीनामा

१२ फागुन । काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन् । उनले स्थानीय समयअनुसार दिँउसो १ बजे देशका राजालाई आफ्नो राजीनामा बुझाएका छन् ।

उनले सन् २०१८ मा पछिल्लो पटक आमनिर्वाचनमा जित्नुअघि जेलमा रहेका नेता अनवर इब्राहिमलाई सत्ता हस्तान्तरण गर्नका लागि राजीनामा दिएको बताइएको छ ।

९४ वर्षीय उनी सन् २०१८ मा संसारकै सबैभन्दा बयोवृद्ध उमेरमा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । कुनै समय उनकै उत्तराधिकारी मानिने नजिब रज्जाकले पदमा रहँदा ठूलो भ्रष्टाचार गरेको सार्वजनिक भए पनि उनले सो पार्टी नै छाडेर नयाँ दल बनाएर चुनावमा होमिएका थिए ।

रज्जाक करोडौँ सरकारी रकम हिनामिनाको आरोपमा भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।