Swornakshar Logo

नेकपाको आज हेटौंडा उपमहानगरकमिटीको सपथ

४ मंसिर । हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको आज हेटौंडा उपमहानगरपालिका कमिटीको सपथ ग्रहण भएको छ । आजबाट दश वटै स्थानीय तहको सपथ ग्रहण कार्यक्रम आजबाट सकिएको छ ।
यसअघि नौ वटा स्थानीय तहको सपथ ग्रहण सकिएपनि जिल्लाको सवै भन्दा ठुलो स्थानीय तहको सपथ ग्रहणमा केही ढिलाइ भएपनि एक सय १ सदस्य नगरकमिटी गठन गरेर आज सपथ ग्रहण गरिएको नेकपा मकवानपुरका कार्यालय टिमका सदस्य एकालाल श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपा हेटौंडा उपमहानगरकमिटीका अध्यक्ष देखि सदस्य सम्मलाई नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले सपथ ग्रहण गराएका थिए । तत्कालिन नेकपा एमाले र माओवादी एक भएपछी आज सपथ ग्रहण गराइएको हो । नेकपा मकवानपुरको दश वटै स्थानीय तहका वडा तह सम्म पार्टी एक हुने र सपथ ग्रहणको कार्यक्रम भइरहेको छ ।

कार्यक्रममा नेकपा प्रदेश नम्बर ३ का संगठन विभागका प्रमुख अनन्त पौडेल, नेकपा मकवानपुरका सहइन्चार्ज रामेश्वर राना, नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल, नेकपा मकवानपुरका जिल्ला सचिव प्रेमबहादुर पुलामी, पार्टीका जिल्ला सचिवालय सदस्य तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो । आजको कार्यक्रममा पार्टीका नेताहरु कुमारी मोक्तान, रामचन्द्र राइ, रघुनाथ खुलाल, ललित घलान, वद्री लंसाल, श्रीधर पोख्रेल, वलराम वल, जुनेली श्रेष्ठ लगायतकाको सहभागिता रहेको थियो ।