Swornakshar Logo

नागढुंगा–सिस्ने खोला सुरुङ मार्गको शिलान्यास

४ कार्तिक । काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा–सिस्ने खोला सुरुङ मार्गको शिलान्यास गरेका छन् । ओलीले धादिङको सिस्नेखोलाबाट काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्गको शिलान्यास गरेका हुन् ।

सडक विभाग अन्तर्गतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाजमा–आन्दो जेभीलाई यो सुरुङमार्ग बनाउने ठेक्का दिएको छ । सुरुङमार्गको डिजाइन पनि जापान सरकारले गरेको हो ।

काम थालेको साढे ३ वर्ष अर्थात् ४२ महिनामा निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । यो सुरूङ करिब १५ अर्ब २५ करोडको लागतमा बन्ने बताइएको छ ।