Swornakshar Logo

अब सचिवालय बैठक प्रचण्डले संचालन गर्ने

५ भदौ । काठमाडौं । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा सचिवालय बैठक अर्का अध्यक्ष पुष्पकमल दाहालले संचालन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार बिहान बसेको नेकपाको सचिवालय बैठकले ओली सिंगापुरमै भएको बेला सचिवालय बैठक संचालन गरी आवश्यक निर्णय गर्न सक्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको हो ।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि अहिले केहीबेर पछि सिंगापुर जादै छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले उपचारको क्रममा प्रधानमन्त्री ८÷१० दिन सिंगापुरमा नै रहने र सो अवधिमा सांगठनिक एकिकरण लगायत अरु आवश्यक विषयमा अर्का अध्यक्ष दाहालको नेतृत्वमा सचिवालय बैठक बस्ने र आवश्यक निर्णय लिने सहमति सचिवालय बैठकमा भएको जानकारी दिए ।

प्रधानमन्त्री ओली र प्रचण्ड दुवै पार्टी अध्यक्ष भए पनि बैठकको अध्यक्षता अहिलेसम्म ओलीले गदै आएका छन् ।

सहमतिपछि अब भने प्रधानमन्त्रीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक आव्हानको साथै बैठकको अध्यक्षता गर्ने भएका छन् । बैठकले प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ ।