Swornakshar Logo

लेखक तथा पत्रकार खेम थपलिया गिरफ्तार

सुनिल गिरी

२५ साउन । काठमाडौँ । लेखक तथा पत्रकार खेम थपलियालाई प्रहरीले गिरफ्तार गरेको छ । थपलियालाई शनिबार बागबजारस्थित उनकै पत्रिकाको कार्यलयबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले गिरफ्तार गरेको हो ।

सरकारले नेकपालाई प्रतिबन्ध लगाएयता नेकपा निकट कवि, कलाकार, लेखक, पत्रकार लगायत नेकपाप्रति आस्था राख्नेहरुलाई प्रहरीले धमाधम पक्राउ गर्दै मुद्दा चलाउदै गरीरहेको छ ।

सरकारले सुरक्षाकर्मी परिचालन गरेर नेकपाका नेता–कार्यकर्ताहरूलाई धरपकड गर्ने, गिरफ्तार गर्ने, यातना दिने, झूट्टा मुद्दा लगाउने र बन्दी बनाउने जस्ता गतिविधी बढाउदै लगेको छ ।