Swornakshar Logo

चुरियामाईमा भारतीय ट्रकले ५ सवारीसाधनलाई ठक्कर दिँदा दुईको मृत्यु

हेटौंडा उपमहानगरपालिका १५, चुरियामाई मन्दिरबाट १ सय मिटर हेटौँडातर्फको सडकमामा भारतीय ट्रकले ५ वटा सवारीसाधनलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

एमएन ०१ डी ८०३१ नम्बरको भारतीय लहरी ट्रकले २ वटा बस, १ टाटा सुमो, १ अटो रिक्सा र एक मोटरसाइकललाई ठक्कर दिएको थियो ।दुर्घटनामा परेको मोटरसाइकल तथा रिक्साको नम्बर प्लेट खुलिसकेको छैन ।

लहरीको ठक्करपछि नाम नखुलेका मोटरसाइकलका चालक र अटो रिक्साका चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।मृत्यु तथा घाइते हुनेहरुको नाम खुल्न सकेको छैन ।

टाटा सुमो, अटो रिक्सा तथा बसमा सवार ८ जना घाइते भएका छन् । मृत्यु तथा घाइते हुनेहरुको नाम खुल्न सकेको छैन ।