Swornakshar Logo

प्रहरी प्रभागबाट भागेका तीनमध्ये दुई थुनुवा बौद्धबाट पक्राउ

२५ असार । काठमाडौँ । सोमबार राति महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट भागेका तीन जना थुनुवा मध्ये दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुद्र श्रेष्ठ र शमशेर माझी रहेका छन् । उनीहरुलाई बुधबार बौद्धबाट महानगरीय अपराध महाशाखोको टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई बौद्धको जम्बुडाडाबाट पक्राउ गरेको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । अर्का कैदी रबिन्द्रकुमार तिमल्सिना भने अझै फरार छन् । प्रहरीको लापरवाहीले थुनुवा भागेको भदै प्रभागमा भैंसेपाटीका सहायक प्रहरी निरीक्षक असईसहित तीन जना निलम्बनमा परेका थिए ।