Swornakshar Logo

राजदूतहरु संसदीय सुनुवाई समितिबाट अनुमोदित

२३ असार । काठमाडौं । चार देशकालागि प्रस्तावित राजदूतहरुको नाम आज सोमबार संसदीय सुनुवाई विशेष समितिले विभिन्न अनुमोदन गरेको छ ।

आज दोस्रोपटक बसेको समिति बैठकले बंगलादेशका लागि बंशिधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागि महेशकुमार दाहाल र स्पेनका लागि दाबा फुटुङ शेर्पाको नाम अनुमोदन गरेको हो ।

समितिले प्रस्तावित राजदूतसँगको सुनुवाईपछि सर्वसम्मत अनुमोदन गरेको हो ।