Swornakshar Logo

१८ वर्षीय क्याथलिन र उनका प्रेमीद्वारा पूर्वप्रेमीलाई यातना

१९ असार । एजेन्सी । एक क्रोधी किशोरीले आफ्नो नयाँ प्रेमीसँग मिलेर पूर्वप्रेमीलाई कुकुरको भाँडोमा पिसाब खुवाएको अपराधमा कैद गरिएको छ ।

क्याथलिन फेलन र उनको नयाँ प्रेमी जर्ज रुसेल ब्रुक्सले म्याथ्यु बच्चरलाई ६ घण्टासम्म यातना दिएको डेलीमेलमा उल्लेख छ ।

आक्रमणमा बुच्चरलाई बियरको ककटेल, पिसाब र नुन कुकुरलाई ख्वाउने भाँडोमा राखेर खुवाइएको थियो । बच्चरलाई कुकुर बाँध्ने डोरीमा बाँधेर कुकुरजस्तै आसनमा राखिएको थियो ।

प्रेमी प्रेमिकाले बुच्चरको छातीमा चक्कु पनि हानेका थिए र टाउको भित्तामा पनि ठोक्काएका थिए । छाड्नुभन्दा पहिले उनीहरुले बुच्चरलाई टिभी स्टारहरुको जस्तो अपमानजनक व्यवहार प्रदर्शन गर्न लगाएका थिए ।

बुच्चर अहिले आईबीडीबाट ग्रसित छन् । फेलन, रुसेल र उनीहरुको साथी क्रिस्टोफर जो अपराधमा सहभागी थियो । तीनैजना अहिले जेलमा बसेर अपराधको प्रायश्चित गरिरहेका छन् ।