Swornakshar Logo

प्रधानमन्त्री ओलीलाई कार्यदलले प्रतिवेदन बुझायो

१६ असार । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानव संसाधन प्रक्षेपण कार्यदलले आज प्रतिवेदन बुझाएको छ ।
मानव संसाधन निर्देशक समितिका अध्यक्ष एवं शिषा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले प्रधानमन्त्री ओलीलाई आज साँझ बालुवाटरमा प्रतिवेदन बुझाउनु भएको हो । सरकारले गत असोज २८ गते डा. रुद्र सुवालको अधयक्षतामा कार्यदल गठन गरेको थियो । जनशक्ति प्रक्षेपण तथा मानव संसाधन विकास योजना कार्यदल गठन गरेको थियो ।
कार्यदलको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले यस प्रतिवेदनले भविष्यमा देशमा आवश्यक पर्ने जनशक्ति रोजगारीको सम्भवना बीचको तालमेल खोज्न सजिलो हुने बताउनुभएको छ । “यस अघि गति मिहिन ढंगले यस प्रकारको अध्ययन भएको थिएन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस अध्ययनले हामीलाई गन्तव्यमा पुग्न सहज हुने मैले विश्वास लिएको छु । ”
प्रधानमन्त्री ओलीले एकातिर शिक्षित व्यक्ति बेरोजगार हुने अर्कोतिर चाहिएको जनशक्ति उपलब्ध नहुने अवस्थाको अब अन्त्य हुने पनि बताउनुभएको छ । “अहिलेको अवस्थामा हाम्रो आवश्यकता र जनशक्ति बीच भेट हुदैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस प्रतिवेदन मार्फत सरकारले जनशक्ति र देशको आवश्यकताका बारेमा विभिन्न कोणबाट बिष्लेषण गर्नेछ । ”