Swornakshar Logo

जागरण मिडियाले ग¥यो लागुऔषध दुव्र्यसन बिरुद्ध अन्तरक्रिया


अभियानको पक्षमा जनप्रतिनिधिको प्रतिबद्धता

१४ असार । हेटौडा । लागूऔषध दुव्र्यसन बिरुद्धको बृहत अन्तरक्रिया कार्यक्रम आज हेटौंडामा भएको छ । कार्यक्रममा मन्तव्य राख्दै प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले लागूऔषध प्रयोगकर्ताहरुको न्यूनीकरणका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने बताएका छन् । लागूऔषधका कारण धेरैलाई असर गरेको बताउँदै उनले लागूऔषधको ओसारपसार गर्ने र सेवनमा न्यूनीकरणका लागि सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताएका हुन् ।


कार्यक्रममा सचेतनामूलक भनाई राख्दै विषेश अतिथि एवम् प्रशिक्षक नार्कोनन् का राष्ट्रिय निर्देशक बसन्तराज कुँवरले लागु औषधले समाज तथा मानव जीवनमा पार्ने नकरात्मक असरहरुको बारेमा प्रष्ट परे । उनले लागु औषध सेवन गरेको नगरेको सजिलै पत्ता लगाउन सकिने अभ्यास समेत गरेर सहभागीहरुलाई देखाएका थिए ।

स्थानीय तहहरुलाई लागु औषधमुक्त क्षेत्र घोषण गर्नको लागि सहज गर्न लागु औषध सेवन गरे नगरेको पत्ता लागाउने साधन किटको प्रयोग गर्न अनुरोध समेत गरे । अभ्यासको क्रममा बागमती गाउँपालिकाको अध्यक्ष सर्केस घलान र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले समेत स्थानीय तहमा आफ्नो क्षेत्र लागुऔषध मुक्त गराउने काममा लाग्ने प्रतिबद्धता गरेका छन् ।
जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापकहरु, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।

कार्यक्रममा ३ नम्बर प्रदेह प्रहरीका एससपी राजन्द्र चौधरीले लागुऔषधको अवस्था र प्रहरी तथा समूदायको भूमिकाको विषयमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जागरण मिडियाका सचिव कृष्ण गिरीले दुव्र्यसन बिरुद्धको अभियान सञ्चालन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही अवसरमा अभियानका सहयोगीहरुमा व्यवसायी तथा समाजसेवी ज्योतिरत्न बज्राचार्य, सिआन पुर्नस्थापना केन्द्र र मकवानपुर रिकभरी सेन्टरलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व लागुऔषध प्रयोगकर्ता तथा लागुऔषध विरुद्धको अभियन्ता ऋषि क्षेत्रीले आफ्नो अनुभव सुनाएका थिए । जागरण मिडिया मकवानपुरको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा जागरण मिडिया मकवानपुरका अध्यक्ष मिना श्रेष्ठको सभाध्यक्षता रहेको थियो ।