Bagmati Samachar Logo

एक करोड रुख रोप्दै सरकार

काठमाडौं । करिब ९ वर्षअघि वनमन्त्री थिए, राप्रपाका दीपक बोहरा। कालापत्थरमा मन्त्रिपरिषद् बैठक गर्नेदेखि चितवन निकुञ्जमा मिचाहा झार उखेल्नेसम्मका कार्यक्रम उनकै पालामा भए। २०६६ सालको मनसुन अवधिमा बोहराकै पहलमा एकै दिनमा एक लाख बिरुवा रोप्ने कार्यक्रम पनि आयोजना भयो।

राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पार्टीका प्रमुख, मन्त्रीदेखि उच्च ओहदाका व्यक्तिलाई प्रमुख अतिथि बनाएर काठमाडौंका १२ स्थानमा एकै दिन एक लाख विरुवा रोपियो पनि तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले गागालफेदीको ढकालडाँडामा रुद्राक्ष रोपेर कार्यक्रमको थालनी गरेका थिए।

त्यतिवेला डाँछी, गागलफेदी, कपन, गोकर्ण, नयाँपाटी, बूढानीलकण्ठ, टोखालगायत स्थानमा एक लाख विरुवा रोपिए। वन मन्त्रालयले आफ्नै नर्सरीबाट विरुवा जुटाएको थियो। वागमती सुधारसम्बन्धी कार्ययोजना बनाउन एसियाली विकास बैंकले दिएको रकम वृक्षारोपण गरिएको कोषका तत्कालीन सदस्यसचिव जुद्धबहादुर गुरुङले जानकारी दिए।