Swornakshar Logo

विप्लव नेकपाका नेता नरबहादुर गिरफ्तार

९ असार । काठमाडौँ । नेकपाका नेता नरबहादुर कार्कीलाई प्रहरीले सोमबार साँझ बालुवाटारबाट गिरफ्तार गरेको छ । ‘नो ट्याक्स नो एनसेल’ आन्दोलनका अभियन्तासमेत रहेका अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक कार्कीलाई एउटा मिडियालाई अन्तर्वार्ता दिँदै गरेको समयमा अपराह्न सवा पाँच बजे प्ररहीले गिरफ्तार गरेको र घिसार्दै अज्ञात स्थलतर्फ लगेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

सामाजिक अभियन्ता कार्की निराश व्यक्तिहरूलाई जीवनमा फर्काउने अद्भुत प्रशिक्षण क्षमताका कारण पनि प्रसिद्ध छन् । गत मङ्सिर ८ गते विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका कार्कीले नेकपामा अन्तर्राष्ट्रिय क्षेत्रसमेत हेर्दै आएका छन् ।