Swornakshar Logo

नेकपा एकताः अलग्गै छलफलमा जुटे प्रचण्ड निकट नेता

८ असार । काठमाडौं । नेपाल कम्युनिस्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निकट स्थायी समिति सदस्यलाई आइतबार खुमलटार निवास बोलाएर छलफल गरेका छन् ।

नेकपाको शनिबार बसेको सचिवालय बैठकले राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने निर्णय गरेको थियो । तत्कालीन ओवादी र तत्कालीन एमाले एकीकरणका बेला राजनीतिक प्रतिवेदनमा ‘जनताको जनवाद’ हुने सहमति भएको थियो ।

प्रचण्डले सोहीअनुरुप सम्पादन भएर राजनीतिक प्रतिवेदन प्रकाशित गर्न अर्का अध्यक्ष केपी शर्मा ओलीसँग कुरा भइसकेको बताएका थिए ।

सहमतिविपरीत पूर्वएमाले नेता ईश्वर पोखरेलले राजनीतिक प्रतिवेदनमा बहुदलीय जनवाद हुने भन्ने धारणा सार्वजनिक गरेपछि पाटीभित्र अविश्वास सिर्जना भएको थियो ।

प्रचण्ड निवास पुगेका नेकपा एक नेताले शनिबार भएको सचिवालय बैठकको ब्रिफिङ र राजनीतिक प्रतिवेदन छाप्नेबारे अध्यक्षले जानकारी दिएको बताए ।

‘राजनीतिक प्रतिवेदन छाप्ने सहमति जुटिसकेको छ,’ उनले भने, ‘सहमतिअनुसार नै सम्पादन गरेर प्रकाशित गर्ने अध्यक्षबाट जानकारी पायौं ।’