Swornakshar Logo

भूमाफियाको जालोः मन्त्रीलाई घुस दिन मन्त्रालय

८ असार । काठमाडौं । मोहम्मद इस्तियाक राईले आफुलाई आर्थिक प्रलोभन देखाएको सार्वजनिक गरेका छन् । मन्त्री इस्तियाक राईले बागमती करिडोरको जग्गाको मुआब्जा दिन भू माफियाहहरुले आफुलाई आर्थिक प्रलोभन दिएको सार्वजनिक गरेका छन् ।

आईतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमतीको जग्गाको मुआब्जा दिन भू माफियाहरु दुई पटक मन्त्रालयमा नै आएर आर्थिक प्रलोभन देखाएको बताए ।

मन्त्री राईले आर्थिक प्रलोभन दिने व्यक्ति भन्ने खुलाएनन् । उनले भू माफियामात्र नभएर निर्वाचित जनप्रतिनिधिहरु समेत मुआव्जाको निणृय सदर गर्न दवाव दिदै मन्त्रालयमा धाइरहेको बताए ।

मन्त्री राईले कानूनी जटिलताका कारण बागमती मुआब्जा दिन नसकेको जानकारी गराए । उनले मुआब्जा दिनुपर्ने भनिएको ६ सय १४ रोपनी जग्गामध्ये ४ सय २६ रोपनीको मुआब्जा वितरण भइसकेको तर १ सय ८८ रोपनी जग्गाको मुआब्जा दिन कानूनी जटिलता रहेको बताए ।