Swornakshar Logo

हेटौँडामा २५ मिटर भत्काउन १५ दिने सूचना, अटेर गरे कारबाही गरिने

७ असार । हेटौँडा । पूर्व पश्चिम राजमार्गको दायाँ बाँया २५ मिटर क्षेत्रमा रहेको सम्पूर्ण संरचना हटाउन फेरिपनि सूचना जारी भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, संघिय सडक सुपरिवेक्षण तथा अनुगमनको कार्यलय काठमाण्डौ, सडक विभाग हेटौँडाले १५ दिने सूचना जारी गर्दै सडक ऐन २०३१ को दफा १९ अनुसार दायाँबाँयाको २५ मिटर खालि गर्न सूचना जारी गरिएको हो ।
सडक डिभिजन कार्यालयले २०६९ साल भदौ १५ बाट पटक–पटक सूचना जारी गर्दा समेत अटेर गरिएको भन्दै आजको मितिबाट १५ दिनसम्म २५ मिटर क्षेत्रको घरटहरा भत्काउन आग्रह गरेको छ । यदि यस आग्रहलाई कार्यन्वयन नगरे सडक ऐन अनुसार कारबाही गरिने समेत सूचनामा उल्लेख रहेको छ ।