Swornakshar Logo

साँङलोमा बाँधेर रेशम चौधरीको उपचार

६ असार । काठमाडौं । झण्ट हेर्दा लाग्न सक्छ यो दृश्य कुनै जेलको हो । तर होइन अस्पतालको दृश्य हो । राजधानीको सबै भन्दा पुरानो वीर अस्पतालको । यो तस्वीरमा देखिएका व्यक्ति हुन सांसद रेशम चौधरी ।
यीनै चौधरी अहिले वीर अस्पतालम उपचार गरीरहेका छन् । २०७२ मा टिकापुरमा नेपाल प्रहरीका एसएसपी र एक बालक सहित ८ जनाको ज्यान गएको घटनाका मुख्य दोषी हुन रेशम चौधरी । उनै चौधरीलाई कैलाली जिल्ला अदालतले २२ फागुनमा सर्वस्वसहित जन्मकैदको फैसला सुनायो । कैदको फैसला पछि चौधरी जेलमा छन् ।

जेलमै रहेको समयमा विरामी भएका चौधरीलाई अहिले उपचारार्थ विर अस्पतालमा भर्ना गरिएको छ । उपचारार्थ भर्ना गरिएको चौधरीको खुट्टामा साङ्लोले बाँधिएको छ ।

किड्नीको रोगी चौधरीको स्वास्थयमा समस्या देखिएपछि चौधरीलाई हिजो राती उपचारार्थ विर अस्पताल लगिएको हो ।

आफै प्रहरीसमक्ष आत्मसमर्पण गर्न गएका चौधरीलाई खुट्टामा नेल लगाएर अस्पताल भर्ना गरेकोप्रति राष्ट्रिय जनता पार्टीका महासचिव मनिस सुमनले आपत्ति जनाएका छन् ।

शिलापत्रसँगको कुराकानीमा उनले भने, ‘आफै प्रहरी समक्ष आत्मसर्मपण गरेको चौधरीलाई खुट्टामा नेल लगाएर बाँधिएको छ । यो अमानवीय हो । मानव अधिकारको खिलाफ हो ।’

कैदी, बन्दीलाई हत्कडी लगाएर उपचार गर्नु सामान्य भएपनि साङ्लाले बाँध्नु मानव अधिकार विपरित भएको बताउँछन । कानूनी दायरामा आईसकेको, अदालतले फैसला सुनाईसकेको अपराधीलाई राज्यले मानवीय व्यहार गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको उनले बताए ।