Swornakshar Logo

मुस्ताङमा भालुको आक्रमणबाट ३ दर्जन बढी भेडा मरे

मुस्ताङको थासाङ गाउँपालिका ३ झिप्रा देउराली नजिकैको खर्कमा जंगली भालुको आक्रमणमा परी ३ दर्जन बढी भेडा मरेका छन् । जंगली भालुको आक्रमणबाट खर्कमा रहेका भेडाहरु मरेको हो । क्षतबिक्षत भएको भेडाहरुको संकलन कार्य भैरहेको स्थानीयले बताएका छन् ।

म्यादीको अन्नपूर्ण गाउँपालिका ३ दाना निवासी कर गौचनको करिब ४० वटा जति भेडा मरेको छ । उक्त भेडाहरु उच्च हिमाली लेकबाट अहिले खर्कमा झारिएको थियो । स्थानीय दाना निवासी इन्द्रसिं शेरचनको अनुसार हालम्म ४० भन्दा बढी भेडाहरु मरिसकेको छ ।

उनले भालुको आक्रमणबाट भेडाहरु मरेपछि किसानलाई लाखौंको नोक्सानी भएको छ । भालुको आक्रमणबाट मरेका भेडाहरुको कुनै पनि अङ्गहरु काम नलाग्ने अवस्थामा छन् ।

शेरचनका अनुसार भेडाहरु हिमाली लेकमा राखिने भएपनि अहिले गाउँ घरनजिक खर्कमा झारिने परम्परा छ । उनले अचानक खर्क नजिकै आफ्नै गोठमा राखिएको भेडाहरुलाइ जंगली भालुले आक्रमण गरेर मारेपछि स्थानीय भेडापालक किसानहरुले सुरक्षाका लागि स्थानीय प्रशासनसंग गुहार मागेका छन् ।