Swornakshar Logo

लाजिम्पाटमा घाटी रेटेर फालिएको अवस्थामा झोलामा भेटियो शिशुको शव

काठमाण्डौं । काठमाडौंको लाजिम्पाट स्थित सांग्रिला होटल अगाडि अन्दाजी १० महिनाको शिशुको शव फेला परेको छ । होटल अगाडि सडक किनारमा घाटी रेटेर हत्या गरेर प्लाष्टिकको झोलामा राखिएको अवस्थामा शव फेला परेको हो ।

बुधबार राति शिशुको शव भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।