‘सेभ द स्कुल’ का नाममा ठगी गर्ने पक्राउ

बारा– सरकारी तथा गैर सरकारी विद्यालयका शिक्षक शिक्षिकाबाट विभिन्न नाममा रकम असुल्ने एक जना पक्राउ परेका छन् । बारा प्रहरीका अनुसार सर्लाही हरपुर नगरपालिका २ का वीरेन्द्र कुँवरलाई इलाका प्रहरी कार्यालय कोहल्वीको प्रहरी टोलीले बाराको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय परिसरबाट पक्राउ गरेको हो ।
कुँवरले सेभ द स्कुल कार्यक्रमका लागि भन्दै ५० लाख भन्दा बढी ठगी गरेको प्रहरीले जनाएको छ । उनको साथबाट ‘सेभ द स्कुल’ लेखेका ७ थान रसिद प्याड समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सानुराम भटटराइले जानकारी दिए । प्रहरीले पक्राउ परेका कुँवरमाथि ठगी मुद्दा दर्ता गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: