Swornakshar Logo

सुदूरपश्चिममा फेरि आँधीहुरी

काठमाडौं । गत सातको बिहीबार साँझ सुदूरपश्चिमको कैलाली र कंञ्चनपुरमा आएको हावाकुरीका कारण २ जनाको मृत्यु भएको थियो भने सय बढि घाइते भएका थिए । ७५ लाख भन्दा बढिको विद्युतिय क्षति भएको थियो ।

ती जिल्लामा फेरि आज (बुधबार) बिहानैदेखि भीषण हावाहुरी आएको छ । हावाहुरी चलेपछि स्थानीयवासीहरु पहिलाकै अवस्था सिर्जना हुने डरले आत्तिएका छन् । पश्चिमी वायुबाट विकसित प्रणालीका कारण सुदूरपश्चिम क्षेत्रमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ ।

बिहान ठूलो हावाहुरी चलेर केही क्षेत्रमा पानीसमेत परेको थियो । तर सो वायुको प्रभाव कम हुँदै गएकाले खतरा नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । सुदूरपश्चिममा अबको तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने सम्भावना रहेको बताउँदै महाशाखाले सचेत रहन आग्रह समेत गरेको छ ।