Swornakshar Logo

हेटौंडामा मधेशी कोटा नदिएको भन्दै मन्त्री लालबबाबु पण्डीतको राजीनामा माग

२१ जेष्ठ । हेटौंडा । लोकसेवा आयोगमा समावेशी दलित र मधेशी वर्गको लागि कुनै कोटा नरहेको भन्दै प्रदेश ३ को राजधानी हेटौंडामा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

आज मंगलबार हेटौंडामा बसेर अध्ययनरत विद्यार्थीहरुले लोक सेवा आयोगमा मधेशी कोटा नरहेको भन्दै नेपाल सरकार मुर्दावादको नारा लगाएका छन् ।

उनीहरुले सामान्य प्रशासन मन्त्री लालबबाबु पण्डीतको राजीनामा समेत माग गरेका छन् । यो विषयलाई गम्भिर ढंगले उठान नगरेको भन्दै उनीहरुले राजीनामा माग गरेका हुन् ।

हेटौंडामा बसेर लोकसेवा पढिरहेका युवाहरुले प्रर्दशन गरेको संघर्ष समितिका संयोजक बालकुमार यादबले बताए । उनीहरुले बजारको मुख्य बजारमा नारा जुलुस निकालेका थिए ।