Swornakshar Logo

ब्राजिलको एउटा बारमा अन्धाधुन्ध गोली हान्दा ११ जनाको मृत्यु

जेठ ६। ब्राजिलको उत्तरी भेगमा रहेको एउटा बारमा गोली चल्दा कम्तीमा ११ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । नर्दन पारा राज्यको सार्वजनिक सुरक्षा विभागका अनुसार, बाज्रिलको बेलम शहर नजिकको बारमा गोली चलेको हो ।

कम्तीमा सात जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जानकारी दिएको छ । बन्दुकधारी सबैले अनुहार ढाकेका थिए । गोली चलाउनु पछाडिको कारणबारे भने थाहा भएको छैन । अन्धाधुन्ध गोली चलाएर ती बन्दुकधारीहरु भागेका थिए ।

स्थानीय सञ्चारमाध्यमले भने एक बन्दुकधारी पक्राउ परेको जनाएको छ। ती बन्दुकधारी घाइते अवस्थामा छन् । त्यसैगरी घटनामा अन्य केही मानिस घाइते भएका छन् । बन्दुकधारीहरु मोटरसाइकल र तीन वटा कारमा आएको बताइएको छ ।