Swornakshar Logo

पत्रकारलाई अमेरिकामा मृत्युदण्ड दिइन्छः सञ्चारमन्त्री


३१ बैशाख । हेटौडा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताएका छन् । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइबर टु द होम सेवाको मंगलबार उद्घाटन गर्दै उनले भने, ‘टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ? यस्तो पत्रकारिता हो कि पत्रकारिताको खोल ओढेको आतंकवादको संरक्षक हो वा प्रचारक हो ?

समाचार लेखेर कोही पनि पक्राउ नपर्ने भन्दै उनले गलत मिसनमा लागेर शान्ति र न्यायलाई चुनौती दिने हकमा कानून सक्रिय हुने बताए ।
उनले संसदमा पेस गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक अन्तर्राष्ट्रिय प्रचलन हेरेरै ल्याइएको दाबी गरे । अमेरिकामा पनि १ करोडसम्मको जरिबाना हुने गरेको भन्दै उनले आतंकवादलाई संरक्षण गर्दै लेखेमा मृत्युदण्डसमेत दिइने गरेको बताए ।