Swornakshar Logo

नेकपाकै सांसदले सोधे– मेरो सरकार किन भनियो ?

२१ वैशाख । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसदहरुले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेको विषयमा सरकरलाई प्रश्न गरेका छन् ।

शनिबार पार्टी संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसदहरुले पार्टीभित्र छलफल नै नगरी मेरो सरकार भन्ने शब्द प्रयोग किन गरियो भन्दै प्रश्न गरेका हुन् ।

स्पष्टिकरण दिने क्रममा प्रधानमन्त्री ओलीले सांसदहरुलाई केहीबेर राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे ‘प्रशिक्षण’ नै दिन भ्याए ।

राष्ट्रपति पद नामले नै सर्वोच्च पद भएको भन्दै उनले सरकारभन्दा पृथक राष्ट्रपति नहुने र राज्यको सबैभन्दा माथिल्लो तह राष्ट्रपति भएकाले देशलाई आफ्नो भन्नु स्वभाविक भएको बताए ।

शुक्रबार सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति भण्डारीले प्रयोग गरेको ‘मेरो सरकार’ भन्ने शब्दावली विवादास्पद बनेपछि नेकपा संसदीय दलमा त्यसबारे छलफल भएको हो ।