Swornakshar Logo

भारतमा चौथो चरणको लोकसभा निर्वाचन सम्पन्न

एजेन्सी
१६ वैशाख । काठमाडौं । भारतमा चौथो चरणको लोकसभा निर्वाचन सम्पन भएको छ । ७२ सिटका लागि भएको निर्वाचनमा ६१ प्रतिशत मतदान भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । मतदान भएका राज्यहरुमा पश्चिम बंगालमा सबैभन्दा बढी मतदान भएको छ ।

भारतीय निर्वाचन आयोगले ५ बजे दिएको जानकारी अनुसार बंगालमा ७६ प्रतिशत मतदान भएको छ । त्यस्तै मध्ये प्रदेशमा ६६ प्रतिशत मतदान भएको छ भने ओडिसामा ६४ प्रतिशत मतदान भएको छ । बिहारमा ५४ प्रतिशत मतदान भएको छ भने राजस्थानमा ६३ प्रतिशत मतदान भएको छ ।

त्यस्तै उत्तर प्रदेशमा ५३ प्रतिशत मतदान भएको छ भने झारखण्डमा ६३ प्रतिशत मतदान भएको छ । त्यस्तै काश्मिरमा ९ प्रतिशत मतदान भएको छ । चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका थिए । निर्वाचनमा ९४३ जना प्रत्यासीहरु मैदानमा उत्रिएका थिए । जसमा ३३ प्रतिशत करोडपतिहरुको उम्मेद्वारी परेको थियो ।

चौथो चरणमा महाराष्ट्रमा १७, राजस्थान र उत्तरप्रदेशमा १३–१३, पश्चिम बंगालमा ८, मध्यप्रदेश र उडिसामा ६–६ प्रतिशत, बिहारमा ५, झारखण्डमा ३ र जम्मु कश्मीरमा १ सिटका लागि मतदान भएको छ । जम्मु कश्मिरको अनन्तनाग क्षेत्रको निर्वाचन क्षेत्रमा ३ चरणमा मतदान हुँदैछ ।

लोकसभा निर्वाचन ७ चरणमा हुँदैछ । मे २३ मा निर्वाचन मत परिणाम सार्वजनिक हुनेछ ।