Swornakshar Logo

विप्लव नेतृत्व नेकपाका दुई केन्द्रीय सदस्य गिरफ्तार

६ वैशाख । काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना केन्द्रीय सदस्य र एक जना स्थानीय नेता गिरफ्तार भएका छन् ।

केन्द्रीय सदस्य चुडामणी ओली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’ र लालबहादुर ओलीलाई प्रहरीले दाङबाट गिरफ्तार गरेको हो । रोल्पा घर भएका ओली नेकपाका न्याय विभाग प्रमुख समेत हुन । सल्यान घर भएका खड्का पार्टी विवादीत छवि भएका व्यक्ति हुन । लालबहादुर ओली भने स्थानीय नेता हुन । असल यसअघि गत प्रदेश तथा संघीय प्रतिनिधिसभाको चुनावका क्रममा पनि गिरफ्तार भएका थिए ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाए यता सयौ नेता कार्यकर्ता गिरफ्तार गरेको छ। गिरफ्तार गरिएका मध्ये मकवानपुर जिल्लाका इन्चार्ज बीरबहादुर घलान ज्वालालाई केही दिन अघि जेल चलान गरिएको छ ।