Swornakshar Logo

विप्लव समुहका कोशि ब्युरो श्रेष्ठ पक्राउ

११ चैत । काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समुहका कोशि ब्युरो इन्चार्ज पुष्कर श्रेष्ठ धरानबाट गिरफ्तार भएका छन् ।
उनलाई प्रहरीले श्रेष्ठलाई धरानबाट गएराती समातिएका प्रहरीले जनाएको छ । श्रेष्ठ काठमाडौमा रहेको मिरमिरे एफएमका पूर्व अध्यक्ष पनि हुन । हाल उनी विप्लव नेतृत्वको नेकपाका कोशि .ब्युरो इन्चार्ज हुन ।
गत फागुन २८ गते यो समुहका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाएपछि स्थायी समिति सदस्य तथा मध्यकमाण्ड इन्चार्ज हेमन्त वलीलाई यहि शुक्रबार राती काभ्रेबाट प्रहरीले समातेको छ । उनीसंगै पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज प्रज्वलन पनि समातिएका छन् । श्रेष्ठ समातिनेमा दोस्रो ब्युरो इन्चार्ज हुन ।
काभ्रेबाट समातिएका वली लगाएतका ९ जनालाई राज्यद्रोह,हातहतियारको मुद्धा लगाएको छ ।