Swornakshar Logo

प्रचण्ड र सिके राउतलाई दाँज्न मिल्दैनःबाबुराम भट्राई

४ चैत । काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीके राउतलाई दाँज्न नमिल्ने बताएका छन् । पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले प्रचण्डलाई जनयुद्धको नेतृत्व गरेर आएका ब्यक्ति बताए।

प्रचण्ड र हामी जे सुकै भए पनि अहिले अलग्गै ठाउँमा छौं, उनले भने, सम्झौता गरेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने बिन्दुसम्म हामीले पुर्‍याएको हौ‌ ,अनि प्रचण्ड र राउत उस्तै हो भन्न मिल्छ रु, उनले भने, ‘राउतले त आत्म समर्पण गरेका हुन्, प्रचण्ड र बाबुराम त आत्मसमर्पण गरेर आएका होइनन, हामी त संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्न अगाडि लागेका मान्छे हौं, यो त हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानु भने जस्तै हो।’

उनले राउतलाई सरकारले पृथकतावादी बाटो छाडेर शान्ति प्रक्रियामा ल्याएको भए स्वागत गर्न सकिने बताए। ‘हामी आफैं विद्रोह गरेर आएका र वार्तामा बसेको राम्रो अनुभवभएका मानिस हौ’ उनले भने ।
राउतसँग सरकारले गरेको वार्ताका बारेमा भने आंशका व्यक्त गरे । उनले भने ‘अघिल्लो दिनमा छुट्ने, भोलिपल्ट हस्ताक्षर गर्ने, यो गर्न के जरुरी थियो ? के स्वार्थ हो ? उनले भने प्रधानमन्त्रीलाई पनि परेको छ मैले राउतलाई ठगे, राउतलाई पनि परेको छ यिनलाई मैले ठगे, तर कस्ले कस्लाई ठगे भन्ने प्रष्ट हुदै जाला ।

सरकारले नेत्रविक्रम चन्द,राउत र रेशम चौधरीप्रति गरिएको व्यवहारमा तालमेल नभएको आरोप लगाए। सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टराइले सरकार र सीके राउतबीच भएको सम्झौता अनुचित भएको बताए।

उनले पृथकतावादी नीति लिएर हिडेको, सर्वोच्च अदालतको आदेशमा थुनामा रहेको ब्यक्तिलाई अदालतलाई दबाब दिएर बाहिर निकाल्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । संविधान निर्माणका बेलाका असन्तुष्ट अन्य शक्तिलाई राजनीतिक ढंगले सम्बोधन गरिएको र रेशम चौधरीलगायत थारु नेतालाई अपराधिक ढंगले व्यवहार गरिएको भन्दै उनले असन्तुष्टि ब्यक्त गरेका छन् ।
उनले सत्ताधारी नेकपा यथार्थवादी र चरम भ्रष्टाचारमा डुबेको र चन्दलाई उनले जडसुत्रीय चिन्तन राखेर विध्वंसात्मक गतिविधिमा लागेको आरोप लगाएका छन् । चन्दलाई प्रतिबन्ध लगाउनु लगत भएको भन्दै उनले विद्रोहका गतिविधिलाई दमन नगरी एक्ल्याएर समस्याको समाधान गरिनुपर्ने बताए।
कु गर्ने दाउमा प्रधानमन्त्री ओली
केपी ओली नेतृत्वको सरकार नेपाली सेनालाई कमजोर बनाउने र लोकतन्त्र समाप्त पार्न उद्दत रहेको पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले आरोप लगाएका छन् ।

सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन सिफारिस गर्न सक्ने प्रावधानले ‘कु’ को खतरा हुने डा. भट्टराईको दाबी छ ।
भट्टराईले भने, ‘प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापति भएको सुरक्षा परिषद हुन्छ, तिनीहरुलाई पनि नसोधीकन प्रधानमन्त्री एक्लैले गर्छु भन्न खोज्या के ?’

उनले अघि भने, ‘यो त सीधै सेनालाई लथालिंग पार्ने र आफूलाई मन परेको मान्छे टिपेर सीधै ‘कु’ गर भन्या अर्थ लाग्ने हो ।’

सुरक्षा परिषदमार्फत नै सेना परिचालन गर्ने संसारभरको नियम रहेको बताउँदै भट्टराईले यस्ता प्रावधानले लोकतन्त्र समाप्त हुने खतरा औंल्याए । ‘लोकतन्त्रको विरोधमा सेनालाई पनि बाइपास गरेर आफूलाई मन परेको कुनै अफिसरलाई टिपेर सेना परिचालन गर्ने, विरोधीलाई दमन गर्ने, निरंकुश शासक बन्ने, वैधानिक कानुनी ढंगले लोकतन्त्रको हत्या गर्नेतिर जान्छ,’ उनले भने ।

विधेयकमा केही गरी सुरक्षा परिषदको बैठक बस्न सकेन भने, भन्ने वाक्यांश घुसाइएको बताउँदै भट्टराईले भने, ‘सुरक्षा परिषदको पनि बैठक बस्न नसक्ने कस्तो परिस्थितिको परिकल्पना गरिएको होला, यस्तो हास्यास्पद परिकल्पना गरेर भ्रष्टाचारको वैधानिक बाटो खोल्ने काम गर्नुहुँदैन ।’